

पत्रकार ढकाललाई कोभिड पत्रकार राहत कोषको सहयोग

काठमाडौं- नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले कोभिड–१९ दोस्रो लहरको उच्च जोखिमसंगै प्रदेश मातहतका जिल्ला शाखा आवद्ध अग्रमोर्चामा क्रियाशील पत्रकार लक्षित हुँदै स्थापना गरेको कोभिड पत्रकार राहत कोषको तर्फबाट आज कोभिड संक्रमित पत्रकार हेमराज ढकाललाई रु १० हजार राहत उपलब्ध गराएको छ ।
प्रदेश समितिका अध्यक्ष श्रीजन झा, सचिव रोसनराज पाण्डेको उपस्थितीमा समितिका कोषाध्यक्ष अर्जुन पन्तले महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति मार्फत राहत वितरण कार्यविधि अनुरुप शाखा समितिका सहसचिव समेत रहेका पत्रकार ढकाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा प्रदेश समितिले अध्यक्ष प्रजापतिलाई मास्क समेत उलब्ध गराइएको थियो । पत्रकार ढकाल पछिल्लो समय कोभिड संक्रमित भई मध्यपुर ठिमी अस्पतालको आइसियुमा उपचार पछि संक्रमण मुक्त भएको महासंघ भक्तपुरले जनाएको छ ।

