

तरकारी किन्ने बहानामा सडकमा मानिसको भिड, कालीमाटी तरकारी बजारबाट खुद्रा कारोबार बन्द

काठमाडौं – कोरोना जोखिम बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजारबाट हुने खुद्रा कारोबार बन्द गरिएको छ ।
अत्यधिक भिडका कारण मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन पछि फलफूल तथा तरकारीको खुद्र्रामा हुने कारोबार निषेधाज्ञा अवधिभर बन्द गर्ने निर्णय भएको बजार विकास समितिले जनाएको छ ।
खुद्रामा तरकारी किन्न आउने बहानामा सडकमा मानिसहरुको आवागमन बढेको र बजारमा पनि भिड भएको निष्कर्षपछि खुद्रा कारोबार बन्द गर्ने निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले बताए ।
बजारको अघिल्लोतर्फ रहेको किसान बजार र खुद्रामा तरकारी बिक्री गर्ने खाली क्षेत्र क्रमशः बन्द गर्दै लगिने उनले बताए ।
हाल होलसेल बजारमाबाट तरकारीको खुद्रा कारोबार पनि गर्न नपाइने कार्यकारी निर्देशक भट्टराईले बताए ।

