भारतको एसभीआर अस्पतालमा अक्सिजन अभाव हुँदा ११ संक्रमितको मृत्यु


भारत – भारतको आन्ध्र प्रदेशको एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चित्तूर जिल्लाको तिरुपतिस्थित एसभीआर रुइया अस्पतालमा सोमबार राति अक्सिजनको अभाव देखिएको हो ।

करिब पाँच मिनेट अक्सिजन आपूर्तिमा समस्या आउँदा आईसीयूमा उपचार गराइरहेका ११ बिरामीको मृत्यु भएको थियो । यद्यपि मृतकका आफन्तले भने अक्सिजन आपूर्ति पाँच मिनेट नभई आधा घण्टासम्म अवरुद्ध भएको आरोप लगाएका छन् ।

साथै अस्पतालमा रहेको बिरामीका आफन्तहरुले अक्सिजनको आपूर्ति रोकिँदा मृत्यु हुनेको संख्या पनि ११ भन्दा धेरै रहेको बताएका छन् ।

 

प्रतिक्रिया