डडेल्धुरामा माइती गएकी ललिता दुई छोरीलाई छाडेर बेपत्ता


काठमाडौं – माइत गएकी एक महिला बेपत्ता भएकी छन्। डडेल्धुराको आलिताल गाउँपालिका–५ ध्याडीकी २६ ललिता कामी बेपत्ता भएकी हुन्।

परशुराम नगरपालिका–११ सलेता माइती घर गएकी ललिता सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। दुई छोरीसहित ललिता एक साताअघि माइती घर गएकी थिइन्।

सोमबार दिउँसो उनी एकाएक सम्पर्कविहीन भएको माइती पक्षलाई उदृत गर्दै उनका जेठाजु नाथ कामीले बताए। जेठाजुका अनुसार उनी ६ र ३ वर्षीया दुवै छोरीहरु माइती घरमै छाडेर बेपत्ता भएकी हुन्।

माइती र घर पक्ष दुवैले उनको खोजी कार्य तीव्र पारेका भएपनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन। ललिताका श्रीमान् कृष्ण कामी रोजगारीको सिलसिलामा भारतमा छन्।

प्रतिक्रिया