ओली पदमुक्त भएपछि माधव नेपालको प्रष्टीकरणः ‘विश्वासको मत दिनु उचित थिएन’ (पूर्णपाठ)


काठमाडौं – नेकपा एमालेका नेता माधव कुमार नेपालले विगतका काम कारबाहीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पनि हिसावले विश्वासको मत दिन उपयुक्त नदेखिएकाले मत नदिएको बताएका छन्।

नेपालले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै नोपलले राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नभएको बताएका हुन्।

ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर आफूहरु संसदमा अनुपस्थित रहेको नेपालले प्रष्ट्याएका छन्।

नेपालले आफूहरुको यो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो भन्दै ओलीलाई विगतका गल्ति सच्याउन तथा पार्टी एकताका लागि आफूहरुले अघि सारेका कुराको सम्बोधन गर्न आग्रह गरेका छन्।

नेपाल समूहका दुई दर्जन बढी सांसदले ओलीलाई सोमबार विश्वासको मत दिएका थिएनन् भने विश्वासको मत नपाएपछि ओली सरकार स्वतः पदमुक्त बनेको छ।

प्रतिक्रिया