

पर्यटनमन्त्री ढकालले जिते कोरोना भाइरस

काठमाडौं – पर्यटन मन्त्री भानुभक्त ढकाल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनको आज (सोमबार) गरिएको परीक्षणबाट कोरोना रिपोर्ट नेगेटिभ आएको बताए ।
वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा पर्यटन मन्त्री ढकालमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनले यस बीचमा आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार तथा धन्यवाद व्यक्त सामाजिक सञ्जालमार्फत गरेका छन् ।
आज गरिएको परीक्षणबाट मेरो करोना (कोभिड १९) को रिपोर्ट नेगेटिभ आएको छ । यही वैशाख १९ गते गरिएको स्वाब परीक्षणमा ममा…
Posted by Bhanu Bhakta Dhakal on Monday, May 10, 2021

