

देउवा भेट्न बूढानीलकण्ठ पुगे महन्थ र राजेन्द्र

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र बरिष्ठ नेता बूढानीलकण्ठ पुगेका छन्। आइतबार बिहान अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका हुन्।
जसपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा अोलीले २७ वैशाखमा सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतोलाई लिएर बूढानीलकण्ठ पुगेका हुन्।
अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन्। विश्वासको मतको बारेमा जसपामा २ धार भएपछि ओली अल्पमतमा पर्ने देखिएका छन्।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्नसक्ने बताइएको छ। जसपा तटस्थ बस्नका लागि ठाकुर पक्षका नेताहरुले उपेन्द्रलाई पनि दवाव दिइरहेका छन्।
यसअघि प्रधानमन्त्री ओलीले पनि देउवासँग छलफल गरिसकेका छन्। सभापति देउवाले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने भनिसकेका छन्।

