वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने


काठमाडौं – सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पतालका रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको हो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार उक्त भवनमा कोभिडका विरामीको मात्र उपचार हुनेछ।

कोरोनाका विरामीले अस्पतालमा शैय्या नपाएर अकालमै ज्यान गुमाउनु परिरहेका बेला उक्त भवनका ५०० शैय्याले धेरैको ज्यान बचाउन सक्छ।

प्रतिक्रिया