संवैधानिक परिषद बैठकमा नजान प्रचण्डको निर्देशन (विज्ञप्तिसहित)


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदस्यहरुलाई आग्रह गरेका छन् ।

शनिवार प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायले प्रधानमन्त्रीले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

प्रचण्डको वक्तव्यमा भनिएको छ, प्रमुख प्रतिपक्षका नेता तथा सभामुख समेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषदका सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिृक अनुरोध गर्दछ ।

प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको बताएका छन् ।

परिषद बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले आफूहरु नजाने भनिसकेका छन् । देउवाले आजै विज्ञप्ति जारी गरेर अरुलाई पनि बैठकमा सहभागी नहुन आगह गरेका छन् ।

 

प्रतिक्रिया