

संसदीय दलको जारी बैठकबाट बाहिरिए देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको बैठकबाट बाहिरिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा जारी बैठकबाट सभापति देउवा अन्य दलका नेतासँग छलफल गर्न बाहिरिएको स्रोतले बतायो ।
सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने लगायत विषयमा अन्य दलका नेतासँग छलफल गर्न देउवा बाहिरिएको बताइएको छ ।
बैठकमा राजनीतिक परिस्थिति गम्भीर बनेकाले जुनसुकै निर्णय लिनुपर्ने हुनसक्ने बताएका देउवा बाहिरिए पनि बैठक जारी छ ।

