भीम रावलले ट्विटमार्फत गरे राष्ट्रपति भण्डारीको आलोचना


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको राजनीतिक चासोका विषयमा आलोचना गरेका छन्।

नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको ट्विटरमार्फत टिप्पणी गरेका हुन्।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रय रहनुभएको समाचार आइरहेको छ, यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ’, ट्विट गरिएको छ।

प्रतिक्रिया