

आइपीएलमा सनराइज र आरसिबी भिड्दै, फाइनल प्रवेशका लागि विजेताले दिल्लीसँग खेल्नुपर्ने

युएई – युएईमा जारी १३ औं आइपीएलको प्लेअफ अन्तरगत इलिमिनेटरमा शुक्रबार सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंङलोर भिड्दै छन् ।
यस खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेशका लागि दिल्ली क्याटिल्ससँग खेल्ने तालिका रहेको छ ।
आज हुने खेलमा बलियो टोली मुम्बईलाई फराकिलो अन्तरले पराजित गरेर डेविड वार्नरको हैदराबाद उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । नेटरनरेटको आधारमा बल्ल बल्ल प्ले अफ पुगेको विराट कोहलीको रोयल च्यालेन्जर्स बैंङलोर क्वालिफायर पुग्ने दाउमा छन् ।
साविक विजेता मुम्बई इण्डियन्स फाइनलमा प्रवेश गरि सकेको छ । उसले पहिलो क्वालिफायरमा बिहीबार राति दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै छैटौंपटक फाइनलमा प्रवेश गरेको हो ।

