अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याउन गृह मन्त्रालयको परिपत्र


काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामको लागि भन्दै सरकारले ५२ वटा जिल्लासहित काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाको कारण नेपाल घुम्न आएका पर्यटकहरु बीच बाटोमै अलपत्र परेका छन्।

अलपत्र परेको घटना सार्वजनिक भएपछि गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सहजिकरण गरिदिन सम्बन्धित निकायहरुलाई परिपत्र गरेको छ।

गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उपत्यका बाहिरका जिल्लामा अलपत्र परेका पर्यटकलाई काठमाडौं फर्काउन सहजिकरण गरिदिन भनेको छ।

विभिन्न जिल्लामा रहेका विदेशी पर्यटकलाई गन्तव्य तथा काठमाडौंसम्म आउन कठिनाई भएकोले उनीहरुसँग भएको पासपोर्ट, भिषा र आफ्नो देश फर्कनेको हकमा टिकट भएका पर्यटकलाई नियमानुसार होटलमा क्वारेन्टाइनमा बस्ने गरि परिपत्र गरेको छ।

प्रतिक्रिया