कैलालीमा कोरोनाबाट ४ जनाको मृत्यु


File Photo

काठमाडौं – कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष र ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

दम सम्बन्धि समस्या भएका ७२ वर्षीय पुरुषको मंगलबार ८ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको हो भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ५८ वर्षीय पुरुषको मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको हो।

यस्तै कैलालीको गौरीगंगा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

कोरोना पुष्टि भएका उनीहरुको बुधबार बिहान ४ः२० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

४ जनाकै सेती प्रादेशिक अस्पतालममा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया