उपत्यकाका तीन सिडिओको बैठक बस्दै, निषेधाज्ञामा थप कडाई गर्ने संकेत


काठमाडौं- उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज साँझ बस्ने भएको छ ।

पछिल्लो समयमा उपत्यकामा संक्रमितको संख्या भयावह रुपमा बढ्दै गएको र जारी निषेधाज्ञाका क्रममा अनावश्यक मानिसहरु सडकमा हिँडिरहेको भन्दै त्यसलाई कडाई गर्न काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको बैठक बस्न लागेको हो ।

बैठकमा काठमाडौं उपत्यकाका कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे साँझ ६ बजे बस्ने बैठकले टुंगो लगाउने जनाइएको छ । बैठकमा जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिने बताइएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने जानकारी दिए। निरौलाले भने,‘कोरोना संक्रमण दर बढेको बढ्यै छ,सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्,अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ।’

प्रतिक्रिया