

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ। शर्माले सोमबार बिहान आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
सामाजिक सञ्जालमार्फत उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिँदै काठमाडौंस्थित डेरामै आइसोलेसनमा रहेको बताए।
टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाको सुझावमा औषधि सेवन सुरु गरेको शर्माले बताएका छन्। ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ – सजग बनौं,’ उनले लेखेका छन्।
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी ललितपुरस्थित स्टार अस्पतालमा पुगेर स्वाब दिएको बताउँदै शर्माले भने, ‘आज बिहानिपख रिपोर्ट आयो, पोजेटिभ।’
ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l टेकु´का डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु l लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ l
सबैलाई विनम्र आग्रह छ – सजग बनौं !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2021

