पछिल्लो २४ घण्टामा ७,२११ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७,२११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया