

को हुन् मुख्यमन्त्री शंकर पोखरेलको बहुमत उल्ट्याउने ओली?

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल निर्वाचित हुने सिधा बहुमतमा एक जना पात्रका कारण धक्का लागेको छ।
पोखरेलले राजीनामा दिएपछि मुख्यमन्त्रीका लागि दाबी गरिरहेका बेला उनीसँग ४१ जना प्रदेश सभाको साथ थियो। ८१ जना कायम रहेको प्रदेश सभामा उनको सरकार बन्ने निश्चित हुँदा एक प्रदेश सभा सदस्य विमला ओली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्।
नेकपा हुँदा उप निर्वाचनमा चुनाव जितेकी ओली माओवादी प्रवेश गरेपछि अब पोखरेल अल्पमतमा परेका छन्। उनीइतरको गठजोड बहुमतमा भएको छ।
को हुन् ओली?
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला ओली दाङ ३ (ख) बाट निर्वाचित सांसद हुन्।
ओली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमारकी पत्नी हुन्। उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए। सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि उपनिर्वाचनमा आली नेकपाबाट विजयी भएकी थिइन्।

