

माडागास्करमा भोकमरी, मानिसहरू घाँस र सलह खान बाध्य

माडागास्कर – अफ्रिकी मुलुक माडागास्करमा सुक्खाका कारण भोकमरीको स्थिति छ । त्यसले गर्दा हजारौं मानिस घाँसपात र सलह खाएर भोक मेटाउन बाध्य भएका छन् ।
सुक्खा र धूलोयुक्त आँधीका कारण सबै अन्नपात नष्ट भएका छन् । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमको वरिष्ठ निर्देशक अमेर दाऊदीले मलागासी भन्ने ठाउँमा बालबालिकाको जिन्दगी संकटमा परेको चेतावनी दिएका छन् ।
विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा कुपोषण चिन्ताजनक स्तरमा पुगेको छ । माडागास्कर संसारको सबभन्दा गरीब देशमध्ये एक हो । त्यहाँ स्वास्थ्य, रोजगार, गरीबी र जलवायु परिवर्तन सबै क्षेत्रमा समस्या छन् ।
विश्व खाद्य कार्यक्रमका अनुसार, पाँच वर्षमा ४० प्रतिशत कम अन्नपात उब्जनी भएको छ । कम्तीमा १३.५ लाख मानिसलाई खाद्य सहायताको आवश्यकता छ तर विश्व खाद्य कार्यक्रमले ७.५ लाख मानिसलाई मात्र सहायता गर्न सकेको छ ।
सेप्टेम्बर महिनासम्म कम्तीमा साढे ७ करोड डलर आर्थिक सहायता उपलब्ध गरिएमा राहत दिन सकिने बताइएको छ । एजेन्सी

