आईपीएल क्वालिफायरः फाइनल प्रवेशका लागि दिल्ली र मुम्बई भिड्दै, दिल्लीको मनोबल उच्च


काठमाडौं — यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्दैछन् ।

आईपीएलको लिग चरणका १४ खेलमा ९ खेल जित्दै मुम्बई शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको थियो । त्यस्तै आफ्नो अन्तिम खेलमा आरसिबीलाई ९ विकेटको लज्जास्पद हार चखाउँदै नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स क्वालिफायर पुगेको थियो ।

बिहीबार साँझ युएईमा हुने यी दुई टिमबीचको विजयी टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरमा विजयीसँग खेल्ने मौका पाउने छ ।

मुम्बइका नियमित कप्तान राेहित शर्माको खेल्ने सम्भावना कम भएका कारण दिल्ली क्यापिटल्सको मनाेबल उच्च रहेको जनाइएको छ । प्ले अफ प्रवेशका लागि आरसिबीविरूद्ध ९ विकेटको जित र अन्तिम खेलमा मुम्बइले भोगेको १० विकेटको हार दिल्लीका लागि मनाेबल उच्च राख्ने कारक बन्न सक्ने देखिन्छ ।

इलिमिनेटरमा आरसिबी र सनराइज हैदराबादबीच खेल हुनेछ ।

लिगको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई शानदार १० विकेटको हार चखाएर प्ले अफ प्रवेश गरेको हैदराबाद रनरेटका आधारमा १४ खेलमा ७ जित हात पार्दै आरसिबीसँगको भेट पक्का गरेको हो ।

नियमित कप्तान रोहित शर्माबिना मैदानमा उत्रने मुम्बईविरुद्ध दिल्ली क्यापिटल्सले सुखद नतिजा निकाल्दै फाइनल प्रवेश गर्ने सम्भावना बढी रहेको छ ।

दिल्लीको सम्भावित प्लेइङ—११
शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, डानियल साम्स र एनरिच नोर्टजे ।

मुम्बईको सम्भावित प्लेइङ–११
क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड (कप्तान), हार्दिक पाण्ड्या, कृणाल पांड्या, राहुल चहर, जेम्स प्याटिनसन, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह ।

प्रतिक्रिया