

सूचना विभागले रोक्यो प्रेस पास वितरणलगायतका सबै काम

काठमाडौं – कर्मचारीलाई कोरोना देखिएपछि सूचना विभागले पत्रकारलाई प्रेस पास वितरणलगायतका सबै काम बन्द गरेको छ ।
सँगै काम गर्ने अन्य कर्मचारीलाई समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले विभागले सबै सेवा स्थगित गरेकाे हाे ।
सूचना विभागले आजदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्म प्रसारण संस्थासँग सम्बन्धित इजाजत, लाइसेन्स, जारी, नवीकरण, सिफारिस, क्लिनफिड अनुगमन र श्रमजिवी पत्रकारको उजुरी लिने काम समेत बन्द भएको जनाएको छ ।

