

धौलागिरी सफाईमा सेनाले भेट्यो दुई शव र हेलिकोप्टरका पाटपुर्जा

काठमाडौं– धौलागिरी हिमाल सफाईका क्रममा नेपाली सेनाले दुई वटा शव र हेलिकोप्टरको पाटपुर्जा भेट्टाएको छ।
माउन्टेन हेलिकोप्टरमा भ्रमणमा जाने क्रममा दुर्घटना भई उक्त हेलिकोप्टर खसेको हुन सक्ने अनुमान गरिएको छ। सफाईका क्रममा दुई मानव शव तथा हेलिकोप्टरको पाटपुर्जा फेला पारेको नेपाली सेनाका प्रवक्ताले जनाएका छन्।

