३३०९ संक्रमित थपिए, ३८४४ डिस्चार्ज


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना गरी पछिल्लो २४ घन्टामा उपत्यकामा १८७८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३८४४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ रहेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ३० जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ ।

प्रतिक्रिया