अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट (सुचनासहित)
काठमाडौँ – सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।
संक्रमितको उपचारमा प्रयोग हुने अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको हो ।
१३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीमा छुट दिइएको हो ।
अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।