

सरकारी अस्पताललाई सर्वसाधारणमैत्री बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने चार वटा ठूला सरकारी अस्पतालका प्रमुखहरुसँगको मंगलबारको बैठकमा उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरुलाई सर्वसाधारण जनतामैत्री बनाउन निर्देशन दिएका हुन् ।
असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले विशेष ध्यान दिन आग्रह गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालको सेवामा सुधार हुँदा बिरामीहरुले निकै ठूलो राहत पाउने बताए ।
उपप्रधानमन्त्री पोखरेल मंगलबार बाँसबारीस्थित गंगालाल अस्पतालका साथै टिचिङ अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका थिए ।

