सर्वोच्चद्वारा १५ दिनसम्म विशेष विषयमा मात्र सुनुवाई गर्ने (विज्ञप्तिसहित)


काठमाडौं – कोरोना भाइरस संक्रमणको बढ्दो क्रमसँगै अदालतहरुमा सीमित मुद्दाहरुमा मात्र सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

सर्वोच्चद्वारा जारी विज्ञप्तिअनुसार वैशाख १५ देखि मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको मात्र सुनुवाई हुने जनाइएको छ ।

त्यस्तै अन्य अदालतहरुमा स्थानीय परिस्थिति र जोखिमको मूल्यांकनको आधारमा मात्र सेवा प्रवाह हुने बताएको छ । सर्वोच्चले यसअवधिमा विभिन्न मुद्दाहरुको हदम्याद, म्याद, तारेख, नगुज्रने पनि जनाएको छ ।

May be an image of text

प्रतिक्रिया