

निषेधाज्ञा अवधीमा हुने विहे र व्रतवन्धमा १५ जनासम्म सहभागि हुन पाउने

काठमाडौं – उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधीभर विहे र व्रतवन्ध गर्नको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको छ ।
विहे र व्रतवन्धको हकमा बढीमा १५ जना सहभागि हुन पाउने प्रशासनले सोमबार जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
आगामी १६ वैशाखको विहान ६ बजेदेखि २२ गते मध्यरातीसम्म जारी निषेधाज्ञामा सो नियम पालना गर्न प्रशासनले आदेश दिएको हो ।

