सशस्त्रमा दुवै एआईजीको पदावधि थपियो


काठमाडौं – अन्ततः  सरकारले सशस्त्र प्रहरी बलका दुई अतिरिक्क्त प्रहरी महानिरीक्षक (एआईजी)को पदावधि थप गरेको छ।मन्त्रिपरिषद्को सोमबारको बैठकले पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थप गरेको हो।

पदावधी थप नभएको भए उनीहरु यही २० वैशाखमा अवकासमा जाँदै थिए।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्ष हुने प्रावधान छ। एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ।

सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा एआइजीको पदावधि एक वर्ष थप हुन सक्ने प्रावधान छ।

यो पनि पढ्नुहोस्…

सशस्त्रमा एआईजी पदावधि थपिए केसी तीन हप्ते आईजी, नथपिए राई लाइनमा

यसअघि सशस्त्रका दुई नायब महानिरीक्षक (डिआईजी)हरु मन्दिप श्रेष्ठ र खड्क राईको समेत पदावधी थप भएको थियो।

सशस्त्रमा एआईजीको दरबन्दी दुुई वटा मात्रै रहेको छ। यही अवस्था रह्यो भने राई र श्रेष्ठले डीआईजीबाटै अवकाश पाउनेछन्। अब उनीहरु आगामी २६ माघमा घर जानेछन्।

दुवै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने सम्भावना थियो। राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।

प्रतिक्रिया