काेभिड कहर : मकवानपुर प्रवेश गर्ने यात्रुमाथि कडाइ


मकवानपुर – मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको छ ।

छिमेकी मुलुक भारत तथा प्रदेश नम्बर-२ बाट रातोमाटे नाका हुँदै मकवानपुर जिल्ला प्रवेश गर्ने यात्रुहरूको ज्वरो नाप्ने तथा परीक्षण गरिने भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मकवानपुर प्रवेश गर्ने दक्षिणी रातोमाटे नाकाबाट मकवानपुर जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौंडा बस पार्कमा ज्वरो नाप्ने/परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनिटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

बैठकले बैशाख १४ गतेदेखि पार्टी प्यालेस पूर्ण रुपमा बन्द गराउने र अर्को निर्णय नभएसम्मका लागि ७ बैशाखमा भएका निर्णय अनुसार विवाह वा ब्रतबन्धलाई पार्टी प्यालेस प्रयोग गर्नु परेमा पूर्व स्वीकृति लिनु पर्ने प्रावधानलाई खारेज गर्ने निर्णय गरेको छ । जिल्लामा संक्रमणको क्रम बढ्दै गएकाले अक्सिजनको अभाव हुन नदिनको लागि आवश्यक तयारी गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया