एमाले महाधिवेशन आयोजक कमिटीले सांसदलाई कारबाहीको जिम्मा स्थायीलाई दियो


काठमाडौं– नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउँदा फ्लोर क्रस हुने आँकलनसहित त्यस्तो खतराअघि नै सांसदलाई कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ।

आइतबारको बैठकमा कुनै सांसदमाथि कारबाहीको निर्णय नगरे पनि कर्णाली प्रदेशको जस्तै अवस्था आउने सम्भावना देखिए स्थायी कमिटीले निर्णय गरी सांसदलाई कारबाही गर्न सक्ने प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

एमालेका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोधिएको थियो। स्पष्टिकरणको जवाफ एमाले संसदीय दलमा केहीबाहेक सबै नेताले बुझाइसकेका छन्।

नेता माधवकुमार नेपाल पक्षका सांसदलाई स्पष्टिकरण सोधिएको थियो। नेपालसहित चार जना भने त्यसलाई खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।

प्रतिक्रिया