सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने, भए कहाँ–कहाँ हुन सक्छ?


काठमाडौं– सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ। स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागु गराइने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।

एमाले महाधिवेशन आयोजक कमिटीको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,‘तत्काल देशव्यापी लकडाउन त हुँदैन तर जहाँ धेरै संक्रमित र मृतक रहेका छन् त्यहाँ हुन सक्छ।’

उनका अनुसार अर्थतन्त्रमा समेत प्रभाव नपरोस भन्नका लागि सरकारको त्यस्तो तयारी हो। लकडाउन भईहालेको खण्डमा भने विद्यालय बन्द रहेजस्तै राजधानी काठमाडौंदेखिका मुख्य सहरमा हुन सक्नेछ। मुख्य सहरमा जिल्ला प्रशासन, स्थानीय सरकारले नै आंशिक लकडाउन गर्न सक्ने प्राधिकार पाउनेछ।

विराटनगर, वीरगञ्ज, काकडभिट्टा, विर्तामोड, दमक, इटहरी, राजविराज, जनकपुर, बुटवल, धनगडीलगायतका ठाउँमा निषेधाज्ञा वा लकडाउनको स्वरुपमा काम हुन सक्नेछ। नेपालगञ्जलगायतका ठाउँमा भने स्थानीय सरकार नै अग्रसर छन्।

प्रतिक्रिया