आइसोलेसन लैजाँदै गर्दा एम्बुलेन्सबाटै भागे ७ कोरोना संक्रमित


काठमाडौं – आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। घटना धनगढीको हो।

बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुस्टि भएको थियो ।

त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको प्रहरीले जनाएको छ।

ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेकोे बताइएको छ।

प्रतिक्रिया