

अस्पतालको आईसीयू वार्डमा आगलागी, १२ विरामीको मृत्यु

मुम्बई – भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।
आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । एजेन्सी

