तपाई कति रुनु हुन्छ? रुनु नराम्राे हाेइन, यस्ता छन् रुँदा हुने फाइदा


काठमाडाैं – सामान्यतया मानिसहरू दुःख र पीडामा मात्र रुन्छन् भने धेरै रिसाउँदा पनि मानिस रुने गर्दछ । तर कहिलेकाँही धेरै खुसी हुँदा पनि मानिस रुन्छन् । धेरैलाई थाहा नहुन सक्छ रुँदा मानव स्वास्थ्यमा विभिन्न प्रकारका फाइदाहरु हुने गर्दछ ।

जब मानिसलाई कुनै पनि कुराले मन दुख्छ कसैले अघात पुर्याउँछ भने मानिसको आँखाबाट आँसु झरिहाल्छ । एक अध्ययन अनुसार यसरी आँसु झार्दा मानसिक तनावमुक्त हुने गर्दछ । रोएपछि करिब ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ ।

यदी तनावमा हुँदा पनि मानिसले आँसु झार्दैन भने त्यस व्यक्ति शारीरिक र मानसिक रुपले अस्वस्थ हुन्छ । अनुसन्धानका अनुसार रोएपछि ८८.८ प्रतिशत मानिसहरुले हल्का महशुस गर्दछन् भने ८.४ प्रतिशत मानिसहरु मात्र रुँदा पनि दुखी नै हुने गर्दछन् ।

जापानमा हरेक बर्ष हजारौं मानिसहरु कामको तनाब र थकानका कारण ज्यान गुमाउने गरेका छन् । यस्ताे अवस्था नियन्त्रणका लागि जापानले अहिले आफ्नो नागरिकलाई रुन प्रोत्साहन गरिरहेको छ । जापानले रोएर मानसिक तनाव कम गर्ने तालिम विद्यालय र अफिसमा संचालनमा ल्याएको छ ।

यस्ता छन् रुँदा हुने फाइदाहरु

विषाक्त पदार्थ बाहिर निस्कन्छ । मानिस दु:खका कारण रुँदा शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्तो अवस्थामा त्यो विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ ।

प्रतिराेधी क्षमता बढाउन सकरात्मक भूमिका खेल्दछ, किटाणु हटाउँछ ।

रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैन । यसले आँखाको दृष्टि क्षमता वृद्धि हुन्छ ।

रिस कम हुन्छ । बढी तनाव भएका बेला रुँदा तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा मन सफा एवं हल्का हुन्छ ।

 

प्रतिक्रिया