
आफ्नो समूहलाई ब्रिफिङ गर्दै माधव नेपाल
ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सक्ने
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ भएको वार्ताको प्रगतिबारे आफ्नो समूहलाई सुनाउन नेता माधवकुमार नेपालले बैठक डाकेका छन्।
विहीबार आफू पक्षका नेतालाई ब्रिफिङ गरेपछि ओलीसँग पुनः वार्ता हुने सम्भावना रहेको छ। विहीबार फेरि वार्तामा सहमति भए नेपाल समूह ओलीले शुक्रबार बोलाएको एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी भई आफ्ना अभिमत र राय राख्न सक्ने बताइएको छ।
नेपाल समूह बैठकमा सहभागी भएको खण्डमा ओलीले स्पष्टिकरण फिर्ता लिन सक्ने बताइएको छ। सर्वोच्च अदालतले २३ फागुनमा पार्टी ब्युँताएपछि २८ फागुनमा ओलीले गरेको निर्णयमा असहमति जनाउँदै नेपाल पक्ष समानान्तर गतिविधिमा सक्रिय थियो। जसका कारण ओलीले स्पष्टिकरण सोधेका छन् भने नेपाललगायत भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।



कागजपत्र |
