
प्रधानमन्त्री ओली भन्छन्–गुटबन्दी नगर्न सम्झाइरहेका छौं
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दीको ठाउँ नरहेको बताएका छन्।
विहीबार विहान बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्दै ओलीले भने,‘गुटसँग सल्लाह हुँदैन, व्यक्ति–व्यक्तिलाई हामीले सम्झाइरहेका छौं। अब गुटको स्थान छैन।’
पार्टीमा अनुशासन हुनुपर्ने जिकीर गरेका उनी थप्छन्,‘अनुशासनहिनता चल्दैन, त्यस्ता काम गर्नेसँग सम्झौता पनि गर्न सकिन्न।’
नेता माधवकुमार नेपाल पक्षलाई संकेत गर्दै पार्टीमा आएर अनुशासित भएर काम गर्न आह्वान गरेका ओली भन्छन्,‘हामी सम्झाइरहेका छौं।’



कागजपत्र |
