

कोरिया-जापान र अष्ट्रेलियासहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द (सुचना सहित)

काठमाडौं – सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ ।
बुधबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलले जानकारी दिए ।
अर्काे सूचना जारी नहुन्जेल सम्मको लागि यी पाँच देशमा स्वीकृतिपत्र बन्द गरीएको पनि उपसचिव पोख्रेलले बताए । तत्कालको लागि बन्द गरिएका ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयको सूचना सहित:

