प्रदेश २ को नाम ‘जानकी’ राख्न एमालेकाे प्रस्ताव


जनकपुरधाम – नेकपा एमालेले प्रदेश २ को नाम जानकी राख्न प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेपछि प्रदेश सरकार गठन भएदेखि नामविहिन प्रदेश २ सरकारको नाम जानकी राख्न नेकपा एमालेले प्रस्ताव दर्ता गराएको हो ।

यसअघि २०७६ सालमा पहिलो पटक प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रक्रिया शुरु गर्दा एमालेसहितको तत्कालीन नेकपाले प्रदेशको नाम जानकी र स्थायी राजधानी जनकपुरधाम राख्न प्रस्ताव दर्ता गराएको थियो ।

यसअघि प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम हुनुपर्ने भन्दै सत्तारुढ जनता समाजवादी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै रुपमा प्रस्ताव दर्ता गराइसकेका छन् ।

 

 

प्रतिक्रिया