लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, फ्लोर क्रसकै आश!


काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।

सोमबार नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई अर्को मुख्यमन्त्री प्रस्तावित गर्दै नेपाली कांग्रेसलगायतका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

८७ सदस्य रहेको उक्त प्रदेश सभामा माओवादीका २ जनालाई कारबाही गरिएको छ। एमाले एक्लैसँग भने ४१ प्रदेश सभा सदस्य छन्। कांग्रेसका १९, माओवादीका १७, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ प्रदेश सभा सदस्य छन्।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने क्रममा एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरी नयाँ सरकार बनाउन सहयोग गर्ने समझदारीका आधारमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

प्रतिक्रिया