निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै


काठमाडौं – निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज बिहान ९ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

गत १६ असोजमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा उपसमिति गठन गरेको थियो ।

यो उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ । निर्धारित समयभित्र प्राप्त उजुरीउपर अध्ययन गरेर प्रतिवेदन दिने उपसमितिको तयारी छ ।

प्रतिक्रिया