सभामुख सापकोटालाई राष्ट्रपति भण्डारीको पत्र- संसद अधिवेशन अन्त्य (पत्रसहित)


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अधिवेशन अन्त्य गरेकी छन्। सोमबार मन्त्रिपरिषदको सिफारिसमा हिउँदे अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।

सरकारले नीति तथा कार्यक्रम र बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरेको हो। राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटालाई पत्र लेख्दै सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी गराएकी छन्।

संसद पुनःस्थापना भएको डेढ महिनासम्म प्रतिनिधि सभाले खासै कुनै काम गर्न सकेको थिएन।

प्रतिक्रिया