
अपडेटः पाेखरामा स्कुल बस दुर्घटना, ५ जनाकाे मृत्यु
काठमाडौं – पोखरामा भएको स्कुल बस दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थी र एक जना सर्वसाधारणको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र कुमार पासवानका अनुसार ज्यान गुमाउने सर्वसाधारण बसमा लिफ्ट मागेर यात्रा गरिरहेका थिए ।
दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ । दुर्घटनाको विस्तृत विवरण र घाइतेहरूको अवस्थाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।



कागजपत्र |
