पिछडिएको क्षेत्रबाट युवा नेता तपेन्द्रको दाबी बलियो, केन्द्रीय सदस्यमा नयाँ पुस्ताको प्रतिनिधित्वको बहस


काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार युवा नेता तपेन्द्र खड्काको उम्मेदवारीले कांग्रेसभित्र चर्चा पाएको छ।

अछामबाट कांग्रेसको राजनीतिमा सक्रिय खड्का युवा पुस्तामाझ परिचित नेताका रूपमा देखिएका छन्। २०७८ को कांग्रेस महाधिवेशनमा पनि उनी अछामबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

पछिल्लो समय कांग्रेस अछामले १५औँ महाधिवेशनको तयारीका क्रममा उनलाई क्षेत्रीय प्रतिनिधि छनोटलगायत समन्वयका लागि जिम्मेवारी दिएको छ।

खड्काले “परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प” भन्ने नारासहित पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

उनको पक्षका नेताकार्यकर्ताहरूले पिछडिएको क्षेत्रको प्रतिनिधित्व, युवा सहभागिता र संगठनमा नयाँ पुस्ताको भूमिकालाई प्राथमिकता दिनुपर्ने भन्दै खड्काको पक्षमा समर्थन बढिरहेको दाबी गरेका छन्।

यद्यपि, निर्वाचनको अन्तिम परिणाम भने महाधिवेशनको मतदानबाटै तय हुनेछ। हालको अवस्थामा खड्काको उम्मेदवारीलाई पिछडिएको क्षेत्रबाट युवा प्रतिनिधित्वको एउटा महत्वपूर्ण दाबीका रूपमा हेरिएको छ।

प्रतिक्रिया