
अर्थसहित २ समितिको बैठक बस्दै
काठमाडौं – संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।
आज अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा लगानी बोर्डको कार्यालयबाट सम्पादित हालसम्मका कामकारबाही एवं नेपालमा लगानी परिचालनको अवस्था, समस्या एवं चुनौतीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरिएको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा समितिको सातौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने तयारी छ ।



कागजपत्र |
