एमाले पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पार्टी पुनर्गठन कार्यदल र केन्द्रीय सचिवालयको बैठक आज (आइतबार) बस्दै छ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे र सचिवालयको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आह्वान गरिएको छ।

भोलि (असोज ५ गते) देखि सुरु हुने केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा, केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रतिवेदन तथा पुनर्गठन कार्यदलको प्रतिवेदनबारे अन्तिम निष्कर्षमा पुग्न यी बैठकहरू बोलाइएका हुन्। यसअघि बसेको कार्यदलको बैठकमा दुई वटा भिन्न प्रतिवेदन प्रस्तुत भएकाले ती प्रतिवेदनलाई समायोजन गरी एउटै सर्वसम्मत दस्तावेज तयार पार्न बैठकमा गहन छलफल हुनेछ।

कार्यदलको बैठकमा प्रतिवेदनबारे देखिएको अन्योल र असमझदारीलाई हल गर्दै कस्तो निर्णय आउँछ भन्ने विषयमा एमाले नेता तथा कार्यकर्ता पङ्क्तिमा निकै चासोका साथ हेरिएको छ।

आज बस्ने कार्यदल र सचिवालय बैठकले एजेन्डा तय गरेपछि भोलिदेखि असोज ७ गतेसम्म एमालेको केन्द्रीय कमिटी बैठक बस्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया