११औं दिनमा टनेलबाट एक जनाको सकुशल उद्धार


काठमाडौं – अपर त्रिशूली हाइड्रो-२१६ बाट एक जनाको जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले अडिट ४ टनेलबाट शनिबार मध्यान्ह त्रिशूली हाइड्रो २१६को सुरूङबाट एक जना चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो ।

उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ।

उनकाे स्वास्थ्य अवस्था सामान्य रहेको उद्धारमा संलग्न उद्धारकर्मीहरूले जनाएका छन् ।

यसअघि उद्धार टोलीले शुक्रबार त्रिशुली ३एको टनेलबाट २ जनालाई उद्धार गरेको थियो ।

प्रतिक्रिया