पत्रकार किशोर श्रेष्ठ पक्राउ


काठमाडौं — जनआस्था साप्ताहिक एवं जनआस्था डटकमका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बुधबार साँझ ललितपुरको बागडोलबाट पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको बताइएको छ।

सो जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया