धापासीमा हत्या गरिएका आशिषको हत्यामा संलग्न तीन जना पक्राउ


काठमाडौं – छुरा प्रहार गरी २५ वर्षीय आशिष मगरको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको धापासीमा ‘ग्याङफाइट’ हुँदा छुरा प्रहार गरी मगरको हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दोर्जे शेर्पा, राम श्रेष्ठ र रवि थापा मगर पक्राउ परेका हुन्।

जिल्ला संखुवासभा घर भई हालस टोखा नगरपालिका वडा नं. ५ धापासी बस्ने दोर्जे शेर्पा, टोखा बस्ने डेडे भनिने राम श्रेष्ठ र स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. ३ बस्ने २७ वर्षीय रवि थापा मगरलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले शनिबार र आइतबार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए। दुई पक्षबीचको ग्याङफाइटको क्रममा मगरमाथि छुरा प्रहार भएको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको एसपी राठौरले बताए।

गोरखा अजिरकोट गाउँपालिका घर भई हाल टोखा ६ मा बसोबास गर्दै आएका मगरलाई उनीहरुले धारिलो हतियार प्रयोग गरी घाइते भएपछि उपचारका क्रममा चिरायू अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया