
राैतहटमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी
काठमाडौं – रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगो लागेको छ।
रौतहटको गुजरा नगरपालिका–३ धनसर पुल नजिक पूर्वपश्चिम राजमार्गमा बाराको अमलेशगञ्जबाट सर्लाही जाँदै गरेको १२ हजार पेट्रोल बोकेको म.प्र ०३-००१ ख ७८११ नम्बरको ट्याङ्कर आज बिहान ५:३० बजेतिर दुर्घटना भएर आगलागी भएको हो।
आगलागीबाट ट्याङ्कर पूर्णतया जलेर नष्ट भएको छ भने चालक सुरक्षित रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए।
आगो अहिले निभिसकेको र राजमार्ग सुचारु भइसकेको उनले भनाइ छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
