एकैदिन प्रतितोला ४२ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा रु चार हजार दुई सय रुपैयाँले बढेर रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ९५ रुपैयाँले बढेर रु चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ३८० मा कारोबार भएको थियो ।

प्रतिक्रिया